THE ALTERNATIVE

Competitiveness Review
ISSN: N/A
Article publication date: 06 Jul 2025 Permissions

प्रकाशकीय

एक्काइसौ“ शताब्दी वस्तुतः वैज्ञानिक युग हो । वैज्ञानिक युगले वैज्ञानिक चेतना र सँस्कारको माग गर्दछ । युगको मागअनुसार चेतना, जीवनशैली÷व्यवहार र नीति प्रणालीलाई परिष्कृत गर्दै जाँदा सफल जीवन, उन्नत समाज र समृद्ध देश निर्माण गर्न सकिन्छ । अन्यथा चिम्पान्जीजस्तै चिडियाघरमा थन्किनुपर्ने स्थितिमा पुगिन्छ । यो कुनै स्वैरकल्पना नभएर इतिहासमा पुष्टि भइसकेको तथा वर्तमानले व्यहोरिरहेको सत्य हो । अतः मान्छेको उन्नत चेतना निर्माणमा योगदान गरी समाजलाई वैज्ञानिक युगअनुकूल रुपान्तरण गर्न अल्टरनेटिभ फाउन्डेसनद्वारा सञ्चालित ‘रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर’ (आर एण्ड डी सेन्टर) ले ुद्यथ ल्भउब िायच तजभ ध्यचमिु भने नारासहित ‘दि अल्टरनेटिभ याक्ट एण्ड थट’ पब्लिकेशन प्रकाशनको जमर्को गरेको हो । अग्रगामी ज्ञान उत्पादन र वितरण गर्नु यस पब्लिकेशनको उद्देश्य रहेको छ । यस प्रकाशनको गुुणस्तरीयताका लागि लेखक र सम्पादक मण्डलबीच छलफल गर्न एकदिने ‘साइन्स कोलोक्युयम’ आयोजना गरी ‘पियर रिभ्यूू’ गरिएको थियो ।
हाम्रो विश्वास छ, रुपान्तरणकारी चेतना भएका मान्छेले गर्ने केवल रचनात्मक जमर्को नै हो । चाहे दार्शनिक हुन् वा वैज्ञानिक, राजनीतिज्ञ हुन् वा अभियन्ता, लेखक हुन् वा व्यवसायी सबैले गरेका र गर्ने भनेको जमर्को नै हो । कतिको जमर्को सफल हुन्छ र त्यसले मानव जातिका लागि मात्र नभई समग्र ब्रह्माण्डकै लागि योगदान पुग्छ । कतिको असफल हुन्छ र कुनै कुनामा सीमित हुन्छ । तर, हामी भने इतिहासमा सफल भएका जमर्कोबाट उत्प्रेरित भएर यो नवीनतम र अग्रगामी उद्देश्यमूलक जमर्को गरिरहेका छौ“ । हामीलाई विश्वास छ, हाम्रो यो प्रयासले समाजको अग्रगतिमा थोरै मात्र भए पनि रचनात्मक योगदान पुग्ने छ ।
यस पब्लिकेशनको पहिलो अङ्कमा आजसम्म भएको तीव्र वैज्ञानिक विकास र त्यसैका आधारमा भविष्यको दिशा सङ्केत गर्न खोजेका छौ“ । विश्व शान्ति र एकताका लागि मानव जातिको समान अग्रगति सुनिश्चित हुनुपर्छ । र, समान अग्रगतिका लागि सबैखाले वर्चश्व र एकाधिकारको अन्त्य अनिवार्य छ । अतः उल्लेखित परिणाम हासिल गर्न हामी ज्ञान निर्माण र वितरणको जमर्कोसहित ‘दि अल्टरनेटिभ याक्ट एण्ड थट’ पब्लिकेशन लिएर यहाँहरुसामु आएका छौ“ । वार्षिक रुपमा प्रकाशन हुने यस पब्लिकेशनको पहिलो संस्करणमा वैज्ञानिक सँस्कार निर्माण र सामाजिक रुपान्तरणमार्फत मानवता हासिल गर्न आवश्यक आधारभूत ज्ञान निर्माणमा केन्द्रित सामग्री र लेख–रचनालाई स्थान दिएका छौ“ । यस अङ्कमा आना शोधपत्र, लेख–रचना उपलब्ध गराई सहकार्य गर्नुहुने विभिन्न विश्वविद्यालयका अध्येता–अनुसन्धाता एवं लेखकप्रति आभार व्यक्त गर्दछौ“ ।
हाम्रो यो पहिलो प्रकाशन भएकाले यसमा थुपै्र कमी–कमजोरी हुन सक्दछन् । अघिल्ला कमजोरीलाई पछिल्ला प्रयासबाट सच्याउने कुरा नै विज्ञान हो भन्नेमा हामी प्रष्ट छौ“ । त्यसकारण, तपाईंहरुको रचनात्मक सुझाव हाम्रो यो प्रयासको निरन्तरताका लागि कोशेढुङ्गा हुने विश्वास लिएका छौ“ ।

प्रकाश विकल्प
अध्यक्ष
अल्टरनेटिभ फाउन्डेसन

 

सम्पादकीय

नेपालबाट विश्वका लागि वैज्ञानिक खोज–अनुसन्धान र अग्रगामी वैकल्पिक विचार निर्माण गर्ने उद्देश्यले स्थापित भएको हो,
अल्टरनेटिभ फाउन्डेसन । यसै फाउन्डेसनद्वारा सञ्चालित एउटा सकारात्मक पहल हो, ‘रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर’ (आर एन्डी सेन्टर)।
स्थापना भएको करिब वर्षदिन नपुग्दै आर एण्ड डी सेन्टरले विभिन्न क्षेत्रका अध्येता, अनुसन्धाता र लेखकलाई एउटै छातामा ल्याई
‘दि अल्टरनेटिभ याक्ट एण्ड थट’ पब्लिकेशन प्रकाशन गर्न गइरहेको छ । यस नवीनतम कार्यको सम्पादक मण्डलका रुपमा हामीलाई काम
गर्ने अवसर दिएकोमा प्रकाशकप्रति आभार व्यक्त गर्दछौ“ ।
मानव जातिको विकासक्रमका सिलसिलामा हाम्रा पुर्खामा मूलतः दुई प्रकृतिको विचारमा बहस भएको पाइन्छ । पहिलो हो, जुन
खोला÷नदीको किनारमा आबाद गरियो, सधै“ त्यही रहनुपर्छ । धेरै घुमफिरले बाढी–पहिरो, चट्याङ्गजस्ता विपदमा पर्न सकिन्छ ।
दोस्रो हो, घुमन्ते जीवन हाम्रा बाउ–बाजेदेखि चलिआएको परम्परा हो । घुमफिरले हामी नौला–नौला स्थानमा पुग्छौ“ र नयाँ अनुभव
बटुल्छौं । बाढी–पहिरो, चट्याङ्गजस्ता विपदको भय त जहाँ पनि हुन्छ ।
मानव जातिको प्रारम्भिक सभ्यता विकासको क्रममा हाम्रा पुर्खाका बीच मन्थन भएका माथिका दुवै विचारलाई हेर्दा पहिलो मतले यथास्थिति र
दोस्रो मतले रुपान्तरणको प्रतिनिधित्व गर्दछ । यहाँ विचारणीय कुरा के छ भने पहिलो यथास्थितिवादी मतमाथि दोस्रो रुपान्तरणकारी मत हाबी
हुन सकेकाले नै मानव सभ्यताले आज विज्ञान–प्रविधिको युग हासिल गर्न सकेको हो ।
हाम्रा पुर्खाको बहसजस्तै धेरैलाई लाग्दो हो— बजारमा यति धेरै पत्र–पत्रिकाहरुको भीड छ, प्राज्ञिक जर्नलको सङ्ख्या नै विश्वमा ५०
हजारको नजिक पुगिसकेको होला । यस्तो अवस्थामा नयाँ प्रकाशनको कति नै महङ्खव रहला र ? हाम्रो बुझाइले भन्छ— हो, बजारमा जर्नल
वा पब्लिकेशनको कमी छैन । तर अग्रगामी वैकल्पिक ज्ञान निर्माण गर्ने पब्लिकेशनको भने कमी हैन अभाव नै छ । अतः हाम्रो विश्वास
छ, नयाँ र वैकल्पिक प्रकाशनको महङ्खव अवश्यै रहन्छ । मानव जातिको विकासक्रमको इतिहास हेर्दा होस् वा वैज्ञानिक तथ्य र तथ्याङ्क, यथास्थितिको विपरीत अग्रगामी वैकल्पिक विचार निर्माण र प्रयोगको महङ्खव जहिल्यै ताजा देखिन्छ । हाम्रो प्रयास पनि यही हो । परन्तु, हाम्रो यो पहिलो प्रयास भएकाले यसभित्र सुधारात्मक पक्ष थुप्रै हुन सक्दछन् । यस प्रकाशनको आगामी संस्करणलाई कमजोरी रहित र अझै गहकिलो बनाउन रचनात्मक सुझाव–सल्लाह दिएर हाम्रो यस अभियानमा हातेमालो गर्नहुन समस्त पाठकवर्गमा अनुरोध गर्दछौ“ ।

Keywords

Copyright © 2025, The Alternative Publishing Limited

Image